Entertainment

ढोरपाटनमा वन्यजन्तु चोरीसिकार रोक्न चार जिल्लाको संयुक्त पहल

Dhorpatan

बागलुङ — ढोरपाटनमा चोरी सिकार रोक्न सिकार आरक्षआसपासका चार जिल्लाले संयुक्त कारबाही चलाउने भएका छन् । बागलुङसहित आरक्षको प्रभाव क्षेत्रका चार जिल्लाका सुरक्षा प्रमुख सहभागी ‘वन्यजन्तु अपराध नियन्त्रण समन्वय बैठक’ले चोरी सिकारलाई शून्यनजिक बनाउने निर्णय गरेका हुन् ।

 

बागलुङसहित रुकुम पूर्व, म्याग्दी र रोल्पाका प्रमुखहरूको बैठकले अपराध नियन्त्रणमा संयुक्त प्रयास थाल्ने निर्णय गरेका हुन् । मंगलबार र बुधबार ढोरपाटनमा बसेको बैठकले चोरी सिकार नियन्त्रणमा आफ्नो जिल्लाबाट अपराधी पक्राउ गर्न मद्दत गर्ने सहमति गरेका छन् ।

Scroll to Top