sports Politics

पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने

H

पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो समय नक्कल गर्ने सस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई ब्यापक बनाउन र मौलिकता जोगाईराख्न उत्सवको रुपमा मनाउने संस्कृतिको विकास गराउने प्रयास गरका हौ ः पोखरा टेलिभिजनका प्रबन्ध र्निदेशक माधब पनेरुले सो अबसरमा उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा महोत्सवका मुल्याङ्गकन समितीको संयोजक बरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीले मौलिकतालाई महोत्सवका रुपमा नल्याउने हो भने हाम्रा परम्परा र सस्कृती बिलीन हुने अबस्था आईसकेको बताउनु भयो । महोत्सवले मौलिकता जोगाउन एक महत्वपुर्ण कदम चालेको उहाँको भनाई थियो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा कार्तिक २५ गते बिहान ११ बजे आयोजना हुने महोत्सवमा दर्शकका लागि निःशुल्क प्रबेशको ब्यबस्था मिलाइएको महोत्सव संयोजक घनश्याम पाण्डेले बताउनु भयो । महोत्सवले उठान गर्न खोजेको मुख्य विषय नै मौलिकता र समुदाय विषेशको देउसीभैलो भएकाले पोखरा र आसपासमा खेलिने समुुदाय विषेशको देउसी भैलोलाई सहभागिता गराईने उहाँको भनाई थियो । यसबाट हराउँदै गएको मौलिकतालाई दिगोपन दिने उद्धेश्य हाम्रो छ । जसबाट पर्यटनको राजधानी पोखरामा पर्यटकीय गतिविधि पनि बढाउन सकीने टेलिभिजनले दावि गरेको छ 
महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबद्र्धकका रुपमा रहेका छन । त्यसैगरि गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय , उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्रालय ले सहकार्य गरेका छन । त्यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रीय बाणिज्य बैक लगायतका संघ सस्थाहरुको सहकार्य रहेको बताइएको छ । महोत्सवमा सहभागि टिमले नगद पाँच हजार नगद प्राप्त गर्नेछन उत्कृष्ट टिमलाई देउसी भैलो च्याम्पीएन घोषित गरीनेछ । च्याम्पीएन हुने टिमले अवार्ड सहित रु १५ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

Scroll to Top