sports Entertainment Science

रात परेपछि व्यवसाय बन्द गराउने प्रहरीलाई अदालतले लगायो अंकुश

image of lakesie

लेकसाइडमै कोल्ड ड्रिङ्स र वाइन पसल चलाएकी देवीकुमारी बराललाई पनि प्रहरीले यसरी नै दु:ख दिन थालेपछि उनी कानुनी उपचारमा जाने निर्णय गरिन्। व्यवसाय चलाउन आवश्यक सबै कानुनी प्रक्रिया पूरा गर्दासमेत उनलाई प्रहरी आएर रात परेपछि पसल खोलेर ‘शान्ति सुरक्षा भंग गरेको’ आरोप लगाउँदै दु:ख दिन थाले।

साँझको ८ बजे नै प्रहरी जबरजस्ती पसलमा छिरेर पसल तत्काल बन्द गर्न आदेश दिने नमाने लगेर थुनिदिने र सार्वजनिक अपराधको मुद्दा चलाउने धम्की दिन थाले। प्रहरीले पसलमा काम गर्ने कर्मचारी र सञ्चालकलाई डर, त्रास देखाउने थाले।

देवीकुमारी बरालले उच्च अदालतमा बुझाएको रिट निवेदन अनुसार यही कात्तिक १५ गतेका दिन राति ११ बजे प्रहरी आएर तत्काल पसल बन्द गर् नत्र व्यवसायी, कर्मचारी र पसल आएका स्वदेशी तथा विदेशी पर्यटकसमेत लगेर थुनिदिने धम्की दिन थाले।

प्रहरीको यस्ता हर्कतले कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न आफूलाई हतोत्साही बनाएको उनले रिट निवेदनमा उल्लेख गरेकी छन्। प्रचलित कानुन अनुसार व्यवसाय सञ्चालन गर्न पाउने हक प्रहरीले संकुचित पारेको उनले बताएकी छन्।

Scroll to Top